लुम्बिनी अञ्चलको पाल्पा जिल्ला तिनाउ गाँउपालिका वडा नं १, कचलमा अबस्थित यस विद्यालय २७ डिग्री ४६ मिनेट ५३ सेकेन्ड उत्तरी अक्षांश र ८३ डिग्री २२ मिनेट ३६ सेकेन्ड पुर्वी देशान्तरमा फैलिएको छ । पाल्पा जिल्लाको ठूला फाँटहरू मध्येको तेस्रो ठूलो कचलफाँट उर्बर भूमी भएकाले कृषिका लागि उत्तम छ । यहाँ मूख्यतया धान,मकै,गहुँ, कोदो जस्ता अन्नवालिका साथै आँप, कटहर, लिचि जस्ता फलफुलहरूको उत्पादन राम्रो हुन्छ ।